नियम २२
लिजमा जग्गा उपलब्ध गराउने
(१) राष्ट्रिय प्राथमिकता प्राप्त कुनै उद्योग सञ्चालन गर्न नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा आवश्यक पर्ने भएमा त्यस्तो जग्गा प्रयोग गर्न सम्बन्धित उद्योगले अनुसूची-१८ को ढाँचामा उद्योग दर्ता गर्ने निकायसमक्ष निवदेन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा उद्योग दर्ता गर्ने निकायले मन्त्रालयमार्फत त्यस्तो निवेदन तथा सो साथ संलग्न अन्य कागजातसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो जग्गा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगलाई ऐनको दफा ३१ बमोजिम लिजमा उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णयको लागि नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम जंग्गा लिजमा उपलब्ध गराउने निर्णयको लागि पेश हुन आएमा नेपाल सरकारले प्रचलित कानूनबमोजिम जग्गा लिजमा उपलव्ध गराउन सक्नेछ।